
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ ।
दुवै दलबीच विहिबार कार्यगत एकता घोषणा गर्ने तयारी भएको छ । कुनै समय एकै दलमा रहेका अशोक राई र राजेन्द्र महतो हाल अलग अलग पार्टी बनाएर राजनीति गरिरहेका छन् ।
विहिबार दिउसो ३ बजे नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेशमा हुने कार्यक्रममा दुवै दलबीच एकता उन्मुख कार्यगत एकता हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij