
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । बंगलादेशका पूर्व सेना प्रमुख लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) एम हारुन अर रशिद मृत फेला परेका छन् । उनको शव चटगाउँ क्लबको एक कोठाबाट बरामद गरिएको छ ।
उनको मृत्यु बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख असिना सत्ताच्युत भएर देश छाडेर भागेको ठिक १ वर्ष पूरा हुने अघिल्लो दिन भएको हो । ५ अगस्टमा शेख हसिनाले सत्ता र देश छाडेको १ वर्ष पूरा भएको छ ।
ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार, ७७ वर्षीय पूर्व सेना प्रमुख अदालतको सुनुवाइको लागि आइतबार ढाकाबाट चटगाउँ आइपुगेका थिए। एक वरिष्ठ अधिकारीले पूर्व सेना प्रमुखको मृत्युको पुष्टि गरे ।
उनका अनुसार पूर्व सेना प्रमुख समयमै सुनुवाइको लागि अदालत नपुगेपछि उनलाई फोन गरिएको थियो तर उनले फोन कलको जवाफ पनि दिएनन् । त्यसपछि क्लबका अधिकारीहरू उनको कोठामा गए र त्यहाँ उनको शव फेला पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij