Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

  • काठमाडौं । उत्तराखण्ड राज्यको धराली सहरमा आएको घातक हिमाली आकस्मिक बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी उपकरण परिचालन गरेको छ ।

    images
    images
    images

    मंगलबार दिउँसो मुसलधारे वर्षापछि आएको हिलो र फोहोरमैलाको पानीको भीषण लहरले साँघुरो पहाडी उपत्यकामा विनाश मच्चाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।

    images

    भारतीय सेनाले थप टुकडी, ट्र्याकर कुकुर, लजिस्टिक ड्रोन र माटो खन्ने उपकरण पठाएर उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ । सैन्य हेलिकप्टरमार्फत आवश्यक सामग्री र औषधि पुर्‍याउने र डुबानमा परेकाहरूको उद्धार गर्ने काम भइरहेको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार यो बाढी ‘आरी घोप्टे’ किसिमको तीव्र वर्षाका कारण आएको हो । उनले उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताए । भारतीय मिडियाले प्रसारण गरेका भिडियोहरूमा हिलो पानीको प्रचण्ड लहरले भवनहरू बगाएको देखिन्छ, जसमा धेरै मानिस लहरसँगै बेपत्ता भएको देखिन्छ ।

    रक्षा राज्यमन्त्री सञ्जय सेठका अनुसार चार जनाको मृत्यु भइसकेको छ भने करिब सय जना अझै हराइरहेका छन् । निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहले स्थानीयलाई उच्च स्थानमा सारिएको छ ।

    images

    मौसम पूर्वानुमान विभागले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको चेतावनी दिएको छ । घटनास्थलका तस्बिरहरूमा ढिलो गतिमा बग्ने माटोको नदी देखिन्छ, जसले शहरको ठुलो भाग डुबाएको छ । केही स्थानमा हिलोको गहिराइ ५० फिटसम्म पुगेको अनुमान गरिएको छ ।

    विशेषज्ञहरूका अनुसार जूनदेखि सेप्टेम्बरसम्मको मनसुनमा बाढी र पहिरो सामान्य भए पनि जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण यस्ता घटनाहरूको आवृत्ति र तीव्रता बढ्दो छ । नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका हाइड्रोलोजिस्ट मनिष श्रेष्ठका अनुसार बाढी क्षेत्रमा २४ घण्टामा २७० मिलिमिटर वर्षा भएको छ, जसलाई ‘चरम घटना’ मानिन्छ । उनका अनुसार पहाडमा यस्तो वर्षाको प्रभाव समतल भूमिभन्दा बढी घातक हुने गर्दछ ।

    संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले यस्ता तीव्र वर्षा, बाढी र खडेरीका घटना जलवायु परिवर्तनको प्रत्यक्ष संकेत भएको चेतावनी दिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij