Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

दुर्घटना

गायक पशुपति शर्मा सवार कार दुर्घटना

गायक पशुपति शर्मा सवार कार दुर्घटना

  • पोखरा । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।

    images
    images
    images

    पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

    images

    प्रहरीले बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएको जानकारी दिएको छ । स्याङ्जामा सांगीतिक कार्यक्रममा सहभागी जाने क्रममा कार दुर्घटनामा परेको थियो ।

    गायक शर्माको देब्रे हातमा चोट लागेको छ भने कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij