Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

  • काठमाडौं । दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत आर्थिक वर्ष २०८१/८२ का लागि एक करोड ६३ लाख ६ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले एक करोड ७२ लाख राजस्व संकलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । संकलित राजस्वमध्ये मुद्दाबाट १५ लाख एक हजार असुल भएको र बाँकी अस्थायी पैठारीबाट संकलन भएको उनले बताए ।

    AGNI GROUP

    भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको प्रमुख विष्टले बताए ।

    व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।

    कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा नौ लाख २३ हजार मात्र उठेको थियो । भदौमा १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ६ लाख १९, असोजमा १३ लाख २६ हजारमध्ये सात लाख आठ हजार, कात्तिकमा १२ लाख ८९ हजार लक्ष्य लिएकाका नौ लाख १३ हजार तथा मङ्सिरमा १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा आठ लाख ९१ हजार संकलन भएको प्रमुख विष्टले जानकारी दिए ।

    यसैगरी पुसमा १३ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३० लाख ४६ हजार, माघमा १२ लाख ५४ हजार लक्ष्य लिएकामा १२ लाख ४९ हजार, फागुनमा १४ लाख ४४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ११ लाख, चैतमा १४ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १० लाख ३२ हजार, यसै वर्ष वैशाखमा १३ लाख ८८ हजारमध्ये नौ लाख ८७ हजार, जेठमा १५ लाख ३३ हजारमा २३ लाख ४३ हजार तथा असारमा १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १९ लाख ६४ हजार संकलन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट