Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि

  • काठमाडौं । वैदेशीक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रषणमा वृद्धि भएको देखिएको हो ।

    images
    images
    images

    राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।

    images

    चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह रु १ खर्ब १५ अर्ब ९९ करोड़ रहेको थियो । विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करीब रु ५० अर्ब बढ़ी रकम नेपाल भित्रिएको छ ।

    यसैगरी, समीक्षा अवधिमा (चालू आवको साउन देखि वैशाख सम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढ़ेर ९ अर्ब ९६ करोड़ अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढ़ेको थियो ।

    गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या यस वर्ष ७६ हजारभन्दा बढ़ीले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यसैगरी २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

    images

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij