
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित तीन जनाविरूद्ध ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
दुवे र यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानुनी एवं प्रत्यक्ष फाइदा पुर्याउने कार्य गर्ने निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ। आयोगका अनुसार ९ लाख ८३ हजार ७ सय मूल्यको जग्गा आफ्नो बनाई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij