
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव भेष्म न्यौपानेका अनुसार आजदेखि नै लागु हुने गरि ४ वर्षको लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकका कामु सीईओ थिए ।
२०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली नायब महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij