Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

लोकन्थली–कोटेश्वर सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु,

लोकन्थली–कोटेश्वर सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु,

  • काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ । मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

    images
    images
    images

    अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ । आज बिहान सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु¥याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij