Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

लोडसेडिङको बिरुद्धमा नेकपा (बहमत)को लस्कर !

लोडसेडिङको बिरुद्धमा नेकपा (बहमत)को लस्कर !

  • काठमाडौं । अघोषित लोडसेडिङ गर्ने कार्य तत्कालन बन्द गर्न नेकपा (बहमत)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    जिल्ला समिति काठमाडौंले शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बक्यौता महसुस असुली गरी ऋण लिने कार्य बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

    images

    बहुमतले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको भन्दै ऊर्जा क्षेत्रमा बिचौलियाको प्रवेशलाई सहज हुने गरी बनाइएका नीति नियम तुरुन्त खारेज गर्न माग गरेको छ ।

    images

    यस्तै प्राधिकरण मार्फत प्रोजेक्ट बेचबिखन गर्ने कार्य बन्द गर्नुपर्ने, प्राधिकरणमा हुने राजनीतिकरणको अन्त्य गर्नुपर्ने, विद्युतको पहुँच नपुगेका क्षेत्रमा यथाशीघ्र बत्ती जडानको कार्य सञ्चालन गर्न कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण गराएको छ ।

    साथै विद्युतको महसुल बढाउने कार्य बन्दगर सर्वसाधारण नागरिकलाई सुलभ महसुलको व्यवस्था गर्न र स्वदेशमै विद्युतको खपत गरी महँगोमा विद्युत् खरिद गर्ने कार्य बन्द गर्न पनि ध्यानाकर्षण गराइएको नेकपा (बहुमत) जिल्ला सचिव दर्शनकुमार नेपालीले जानकारी गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij