
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हज यात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।
“विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु”, उनले भने ।
उनले परापूर्वकाल देखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए । सो अवसरमा राष्ट्रपति पौडेलले हज यात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलो पटक यसरी हज यात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij