
May 04 2025 | २०८२, वैशाख २१ गते
सनसनीपुर्ण खेलमा खेलमा सशस्त्र प्रहरी फुटवल क्लवले उपाधि जितेको छ ।
काठमाडौं । फुटवल खेलको विकास र विस्तारका साथै खेल पर्यटनको मुल उद्धेश्यसहित नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल शनिवार सम्पन्न भएको छ। सनसनीपुर्ण खेलमा खेलमा सशस्त्र प्रहरी फुटवल क्लवले उपाधि जितेको छ ।
प्रतियोगिता अन्र्तगत फाइनल खेलमा शसस्त्र प्रहरीले आकर्षक रुपमा अर्को विभागिय टिम नेपाल प्रहरी फुटवल क्लवलाई पराजित गरेर उपाधि चुमेको हो । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा सम्पन्न प्रतियोगिताको आकर्षक, रोमान्चक र सनसनीपुर्ण फाइनल खेलमा सशस्त्र प्रहरीले नेपाल प्रहरीमाथि दवाव र उत्कृष्ट प्रदर्शन गर्दै विजयको ढोका उघारेको हो ।
सशस्त्र प्रहरीले नेपाल प्रहरमिाथि अधिकांश समय दवावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै उपाधि जितेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमवाट कुनै पनि गोल नभएपछि खेलमा ६ मिनेट समय थपिएको थियो ।
थपिएको समयको चौथो मिनेटमा सशस्त्र प्रहरीकी अनीता केसीले उत्कृष्ट प्रहार गर्दै वललाई सोझै नेपाल प्रहरीको गोलपोष्टमा छिराएकी थिइन् । केसीले गरेको निर्णायक गोलनै शसस्त्रकी लागि फाइनल विजयसंगै उपाधि चुम्ने अवसर भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij