
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क बृद्धि गरिएको प्रति आपत्ति जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण शुल्कमा एकैपटक तीन हजार रुपैयाँले वृद्धि गरेपछि ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो । महासचिव अजयकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार पाँच सय रूपैयाँबाट एकै पटक नौ हजार पाँच सय रूपैयाँ बढाएकोप्रति आपत्ति जनाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij