Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

राजावादीको प्रदर्शन

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ ।

  • काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।

    images
    images
    images

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुनेछ ।

    ‘महर्जनको पोस्टमार्टम केही बेरमै सुरु गर्न लागेका छौं,’ फोरिन्सक विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँछौं ।’

    रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ । स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।

    ‘शरीर पूरै जलेको भएकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गर्छौं ।’

    गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij