
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नयाँ गभर्नर छनोटका लागि सिफारिस समिति गठन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हिजो बसेको मन्त्रिपरिषद्मा नयाँ गभर्नर नियुक्तिका लागि समिति गठनको प्रस्ताव आएको र त्यो प्रस्ताव पास भएको नेपाल प्रेसलाई बताए ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ । उनलाई सरकारले २०७६ चैत २४ गते ५ वर्षका लागि गभर्नर नियुक्त गरेको थियो । अब नयाँ गभर्नर नियुक्तिको लागि समिति गठन हुने भएको हो ।
नयाँ गभर्नर नियुक्तिका लागि बन्ने समितिमा अर्थमन्त्री संयोजक रहेन छन् । अन्य सदस्यको टुङ्गो लागेको छैन । यो समितिले ३ जनाको नाम गभर्नरको लागि सिफारिस गर्ने छ । भने, मन्त्रिपरिषद्ले १ जनालाई गभर्नर नियुक्त गर्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij