Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

अन्जनालाई सहमहामन्त्रीको जिम्मेवारी !

अन्जनालाई सहमहामन्त्रीको जिम्मेवारी !

  • काठमाडौं । पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजाबादी अभियानमा कृयाशिल अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।

    images
    images
    images

    आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजाबादी , हिन्दुबादी र संघीयता बिरोधी एक ठाउँमा आएर भ्रष्ट ब्यबस्था र शासकको बिकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए ।

    दलहरुकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो । प्रबेशी अन्जना शाह रावलले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डाको सुत्रधार कमल थापा भएको र कमल थापालाई कमजोर बनाएर घेराबन्दी गराएर एजेन्डा स्थापित हुन नसक्ने हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गर्न, एजेन्डा स्थापित गर्न राप्रपा नेपालमा आबद्ध भएको बताइन् ।

    रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ । कार्यक्रममा समाजसेवी तथा राजसंस्था पक्षधर बिष्णुगोपाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij