Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

१८ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

  • काठमाडौँ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गिरीले ती किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए ।

    आरोपित गिरीलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत जोशीले बताए । प्रहरीका अनुसार कैलालीको अत्तरियाबाट दिवा बसमा चढेर आएकी ती किशोरी काम विशेषले छबिसपाथिभेरा- १ भाँडेबगरमा उत्रिएकी थिइन् ।

    साँझपख गाडी कुर्दै बसेकी ती किशोरीलाई गिरीले बाइकमा पुर्‍याइदिन्छु भन्दै जालेबगर लग‍ेर जबर्जस्तीकरणी गरेको आरोपपत्रमा उल्लेख छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij