Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड समिट अवार्ड

डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड समिट अवार्ड

  • काठमाडौं । नेपालमा विकसित डिजिटल ठेगाना प्रणाली ‘कताहो’ ले अन्तर्राष्ट्रिय स्तरको वर्ल्ड समिट अवार्ड डब्लूएसए जितेको छ ।

    images
    images
    images

    अनुसन्धानकर्ता राम-लक्ष्मण नेतृत्वको टिमले एड्रेसग्राफ नेपाल प्रालिमार्फत विकास गरेको यो प्रणालीले ‘Smart Settlements and Urbanization’ विधामा उत्कृष्ट ठहरिँदै यो सम्मान प्राप्त गरेको हो । डब्लूएसएले संयुक्त राष्ट्र संघले अघि सारेका दिगो विकास लक्ष्य हासिल गर्न योगदान गर्ने प्रविधिहरूको चयन गर्छ । ​कताहोले नेपालभरका स्थानहरूको डिजिटल ठेगाना कोड तयार गर्छ ।

    यो प्रणालीमार्फत ४०० शब्द र अंकको संयोजन गरी कुनै पनि स्थानको ठेगाना कोड केवल तीन सेकेन्डभित्र तयार गर्न सकिन्छ । अझ रोचक कुरा, अफलाइनमै ठेगाना खोज्न सकिने यो प्रणालीले बोलीकै माध्यमबाट कोड शेयर गर्न समेत सक्षम बनाएको छ । हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले ठेगाना प्लेट तयार गरिसकेको कम्पनीले जनाएको छ । यो प्रणाली निःशुल्क प्रयोग गर्न सकिन्छ ।

    विभिन्न स्थानीय निकायहरूले यसलाई विपद् व्यवस्थापन र सूचना आदानप्रदानका लागि पनि उपयोग गर्दै आएका छन् । कताहोले आपतकालीन प्रतिक्रियाका लागि विशेष इमर्जेन्सी रेस्पोन्स कन्सोल समेत उपलब्ध गराएको छ । डब्लूएसएले ‘कताहो’ ले संयुक्त राष्ट्र संघका दिगो लक्षहरूमध्ये ६ वटा लक्ष हासिल गर्न सहयोग गर्ने सम्भावना रहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij