Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

सीमावर्ती क्षेत्रमा गोलाबारी

पाकिस्तानी अर्थमन्त्रीको ट्वीटर ह्याक

पाकिस्तानी अर्थमन्त्रीको ट्वीटर ह्याक

अन्तर्राष्ट्रिय साझेदारहरुबाट लोन प्राप्त हुने अपेक्षासहितको ट्वीट गरेलगत्तै सो अकाउन्ट ह्याक गरिएको हो ।

  • काठमाडौं । भारत सरकारले ८ हजारभन्दा बढी ट्वीटर (एक्स) एकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ । पाकिस्तान पक्षधर कन्टेन्ट हाल्ने त्यस्ता थप एकाउन्ट ब्लक गर्न भनिएको भारत सरकारले जनाएको छ ।

    images
    images
    images

    भारत र पाकिस्तानबीच चौथो दिन पनि सीमावर्ती क्षेत्रमा गोलाबारी चलिरहेको छ । दुवै पक्षले गलत सूचनाको सहारा लिइरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले जनाएका छन् ।

    यसैबीच पाकिस्तानी अर्थमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ । मन्त्रालयका अनुसार अर्थमन्त्रीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय साझेदारहरुबाट लोन प्राप्त हुने अपेक्षासहितको ट्वीट गरेलगत्तै सो अकाउन्ट ह्याक गरिएको हो । ह्याकरले मन्त्रीका अकाउन्ट ह्याक गरेर लोन मागेको ट्वीट पोष्ट गरेको बताइएको छ ।

    भारत र पाकिस्तान दुवैतिरका मिडियाले युद्धलाई लिएर मिस इन्फरमेशन फैलाइरहेका बेला सोसल मिडिया नेटवर्कमा पनि ह्याक र ब्लकको प्रकरण आएको हो । भारतले विहीवार राति जम्मु कश्मिर लगायत क्षेत्रमा पाकिस्तानी सेनाले ड्रोन र मिसाइल आक्रमण गरेको भनेको छ । तर, पाकिस्तानी सञ्चारमन्त्री अतुल्लाह तरारले भारतको आरोप आधारहीन भनेका छन् । भारतीय मिडियाले सार्वजनिक गरेका भिडिओहरुको आधिकारिकता माथि उनले प्रश्न उठाएका छन् ।

    यसैबीच भारतको सञ्चार मन्त्रालयले भारतभित्र प्रसारण हुने सामाजिक संजाल प्लेटर्फहरुका लागि एडभाइजरी जारी गरेको छ । पाकिस्तानलाई बढावा पुग्ने वेवसिरिज,फिल्म,गीत,पडकास्टलगायत अन्य स्ट्रिमिङहरूलाई निषेध गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij