Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

मेलम्चीको पानी फालाफाल महाबौद्धमा

मेलम्चीको पानी फालाफाल महाबौद्धमा

  • काठमाडौं । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको  मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गई रहेको छ ।

    images
    images
    images

    खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर घरमा जडान नहुँदा पानी खेर गएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मीटर जडान नगर्दा, हजारौं लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् ।

    महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ। पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो ।

    मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij