Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा

  • काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ ।

    images
    images
    images

    आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ एक्यूआई १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ । शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ । त्यहाँको पीएम पर्टिकुलेट म्याटर २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ ।

    काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ। काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

    काठमाडौंमा मात्र नभएर आज धनकुटाको वायु पनि अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओ को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij