
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो बढी शंकास्पद पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । क्याथे प्यासेफिक एयरबाट हङकङ जान लागेका ती चिनियाँ नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । उनको साथबाट सो परिमाणको पदार्थ बरामद गरिएको हो ।
उक्त पदार्थ के भन्नेबारेमा प्रहरीको विधिविज्ञान प्रयोगशालाले अनुसन्धान गरिरहेको छ । विमानस्थल प्रहरीले बरामद गरेको शंकास्पद पदार्थसहित चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण व्युरोमा पठाएको छ ।
प्रहरीले लागुऔषध कारोबारीको आशंकामा ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij