Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

नक्कली पेस्तोल देखाएर रकम असुली

नक्कली पेस्तोल देखाएर रकम असुली

  • काठमाडौं । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक-४ मठियास्थित इलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए ।

    उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खेलौना देखाएर सीमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए ।

    पक्राउ परेका कलामलाई म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij