Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

एसएसपी विनोद ललितपुर टेक्नुअघि यस्तो तयारी 

एसएसपी विनोद ललितपुर टेक्नुअघि यस्तो तयारी 

  • ललितपुर । सातदोबाटोस्थित ट्राफिक प्रहरी कार्यालयमा सरसफाई अभियान चलाइएको छ। काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेको आगमनको तयारीस्वरूप कार्यालय परिसरलाई व्यवस्थित बनाउने कार्य भएको हो । प्रहरी स्रोतका अनुसार एसएसपी विनोद घिमिरेको भोली सोमबार बिहानै अनुगमन तथा निरिक्षण भ्रमणको कार्यक्रम तय भएको छ । 

    images
    images
    images

    bike.jpg

    अव्यवस्थित रूपमा थन्काइएका मोटरसाइकलहरूलाई स्थानान्तरण गरी ट्राफिक कार्यालयलाई थप सफा र व्यवस्थित बनाइएको छ। कार्यालय परिसरमा झारपात हटाउने, फोहोर मैला व्यवस्थापन गर्ने, र कार्यालयका संरचनाहरूलाई चिटिक्क बनाउँदै व्यवस्थित बनाउने काममा प्रहरीले सक्रिय सहभागिता जनाएको छ।

    एसएसपी घिमिरेको आगमनलाई विशेष महत्व दिँदै ट्राफिक कार्यालयले सरसफाई र व्यवस्थापनमा ध्यान दिएको बताइएको छ। यस कदमले कर्मचारीहरूमा सकारात्मक ऊर्जा र कार्यालयको वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले बताए । 

    यस अवसरमा कार्यालयलाई स्वच्छ बनाइएको छ। कार्यालयले आगामी दिनहरूमा पनि सरसफाई र व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

    प्रहरी स्रोतका अनुसार एसएसपी विनोद घिमिरेको भोली सोमबार बिहानै अनुगमन तथा निरिक्षण भ्रमणको कार्यक्रम तय भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij