Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

आवासगृहमा आगलागी हुँदा सीडीओका सुरक्षागार्ड घाइते

आवासगृहमा आगलागी हुँदा सीडीओका सुरक्षागार्ड घाइते

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारी (सीडीओ)का सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

    images
    images
    images

    हात र औँलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका निम्ति पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार, तिवारीको अवस्था खतरामुक्त छ ।

    हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको छ । तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।

    विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ सुवेदीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij