Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

धनगढी डिपो स्थानान्तरणको तयारी

धनगढी डिपो स्थानान्तरणको तयारी

  • काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपो सार्ने प्रक्रिया अघि सारेको छ ।

    images
    images
    images

    धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अतरियानजिक डिपो स्थानान्तरणको प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।

    निगमले अतरिया चोकबाट पूर्वतर्फ पाँच किलोमिटरको दुरीमा २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थानान्तरणको प्रक्रिया अघि बढाएको हो । २०३७ सालमा दैनिक अधिकतम चार गाडीलाई बनाइएको डिपोले हाल त्यस क्षेत्रका नौ जिल्लालाई पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ ।

    उक्त डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भएपछि स्थानान्तरणको प्र्रक्रिया अघि बढाएको निगमले जनाएको छ । निगमले जग्गा प्राप्ति स्वीकृतिको  लागि मन्त्रिपरिषद्मा पठाएको जनाएको छ ।

    २०८२ वैशाखमा शिलान्यास गरी दुई वर्षभित्र डिपो सञ्चालनमा ल्याउने तयारी रहेको इन्जिनियर प्रदीप यादवले जानकारी दिए । जग्गा अधिग्रहणसहितको कुल लागत साढे तीन अर्ब रहेको यादवले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij