Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

अपहरण तथा शरीर बन्धक मुद्दामा फरार भारतीय पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा फरार भारतीय पक्राउ

  • काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सितामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोइरी रहेका छन् ।

    images
    images
    images

    कोइरीले गत वैशाख ९ गते  रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगेका थिए । उनले परिवारसँग चार लाख रुपैयाँ फिरौती माग गरी फरार रहेका थिए ।

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गर्न सफल भएको हो । कोइरीलाई सर्लाही जिल्लाको सीमावर्ती इलाकामा लुकीछिपी आउने जाने गरेको अवस्थामा पक्राउ पक्राउ गरिएको प्रहरीको भनाई छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij