
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।
पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । रक्तचन्दनको परिमाण पनि प्रहरीले खुलाइसकेको छैन ।
बोरा–बोरामा प्याक गरेर राखिएकाले त्यसको तौल लिएर मात्रै परिमाण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij