Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीयलाई काठमाडौं ल्याइयो

चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीयलाई काठमाडौं ल्याइयो

  • काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

    images
    images
    images

    चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

    पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् । उनका अनुसार, उद्धार गरिएका चिनियाँ नागरिकलाई भने जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइसकिएको छ ।  मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

    हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो । इण्डियन नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जानसक्ने सम्भावित स्थानहरुमा चेक पोइन्ट राखेका थियौं’, भट्टराई भन्छन्, ‘त्यसक्रममा भिमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।

    यद्यपि, प्रहरीको चेकपोइन्ट देखेपछि केही भारतीय र चिनियाँ नागरिक भागेका थिए । पछि भारतीय नागरिकहरु भिमफेदीबाटै पक्राउ परे भने चिनियाँ नागरिकलाई प्रहरीले फर्पिङमा फेला पारेको थियो । प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij