Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • काठमाडौं । डडेल्धुरामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका- ३ पथरोडाका ३२ वर्षीय डम्बरबहादुर थापा मगर छन् ।

    images
    images
    images

    २४ वर्षीया अस्मिता थापा मगरको हत्या गरेको अभियोगमा उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा डम्बरबहादुरले आफ्नै घर आँगनमा एकनाले भरुवा बन्दुकबाट गोली प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

     जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij