
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई जन्मकैद गर्ने फैसला गरेको छ ।
सात लाख जरिवाना र पाँच लाख पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिका-५ का २८ वर्षीय युवकले १० वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij