Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

भाटभटेनीलाई १० हजार जरिवाना

भाटभटेनीलाई १० हजार जरिवाना

  • काठमाडौं । चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले भाटभटेनीको उक्त शाखालाई जरिवाना तोकेको हो ।

    images
    images
    images

    ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना तोकिएको घिमिरेले जानकारी दिइन् ।

    ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij