Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रवि अदालतमा हाजिर, थुनछेक बहस हुँदै

रवि अदालतमा हाजिर, थुनछेक बहस हुँदै

  • काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनछेक बहसका लागि आज (सोमबार) अदालतमा हाजिर भएका छन् ।

    images
    images
    images

    उनी आज बिहान १० बजेपछि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।

    यस मुद्दामा आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेतर्फको बयान भएको थियो । सरकारी वकिलहरूले बहस नगरेपछि आइतबार राति उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज थुनछेक बहस हुन लागेको हो ।

    लामिछानेविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो । उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आजै आउने सम्भावना छ ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका थिए ।

    सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका उनी बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

    उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij