Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

लागू औषध सहित दुई भारतीय पक्राउ

लागू औषध सहित दुई भारतीय पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले लागू औषध चरेस र अफिम सहित दुई जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ बाट चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    थाहा ११ को टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुँदै भारत तर्फ लागूऔषध ओसारपसार भइरहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना भारतीय नागरिक पक्राउ गरेको हो ।प्रहरीले भारतीय डिएल ८सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्दा उक्त परिमाणको लागू औषध फेला पारेको जनाएको छ ।

    प्रहरीले भारत, राज्य हरियाणा, जिल्ला हिसार, ग्राम पंचायत गोबिन्द नगर थाना सदर घर हुने वर्ष २५ को कुनाल गोथ्वाल र सोही स्थानका न्यु सुवास नगर थाना सदर घर हुने वर्ष २० को मनिस कुमारलाई पक्राउ गरेको जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij