Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

  • काठमाडौँ । पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।

    images
    images
    images

    गत मंसिर १८ गते पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।गत मंसिर १८ गते कक्षामा पढाइरहेका बेला दुई विद्यार्थीबीचको झगडा छुट्याउन लठ्ठीले हान्दा आँखामा लागेको विद्यालय प्रशासनको भनाइ छ ।

    नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले काठमाडौंमा उपचार गराएर फर्किएपछि मात्र बालकको बाबु नरेन्द्र चौधरीले पुस १६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिकाविरुद्ध उजुरी दिएको बताए ।

    त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए । यस घटनामा प्रहरीले पुस १९ गते शिक्षिका सन्जुविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । तर, अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij