Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

गोठमा आगलागी हुँदा १ जनाको मृत्यु

गोठमा आगलागी हुँदा १ जनाको मृत्यु

  • काठमाडौं । सोलुखुम्बु थुम्लिङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माप्य दूधकोशी गाउँपालिका-१ का अन्दाजी ४० वर्षका नवराज खालिङ रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार स्थानीय बलबहादुर नेवारको गोठमा आगलागी हुँदा गए राति १२ बजे खालिङको ज्यान गएको हो । खालिङ बेवारिसे अवस्थामा बस्दै आएका थिए ।

    बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाका विषयमा थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, प्रहरी नायब उपरीक्षक घिमिरे र चिकित्सक सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij