Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महिला यू १९ विश्वकपको बन्द प्रशिक्षण सुरु

महिला यू १९ विश्वकपको बन्द प्रशिक्षण सुरु

  • भरतपुर: महिला यू १९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो।

    images
    images
    images

    आगामी माघ ५ गतेदेखि महिला यू १९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ। त्यसको तयारीस्वरूप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यू १९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए। बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए।

    टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताए। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए।

    नेपाल क्रिकेट संघ क्यानका उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए। उनले सन् २०२७ मा नेपालमा हुने महिला यू १९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्न क्यान सकारात्मक रहेको बताए।

    बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ। नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij