
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । लागुऔषधसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अटो चालक मनहरी गाउँपालिका-८ का २८ वर्षीय रामकुमार परियार र अटोमा सवार मनहरी गाउँपालिका-९ का ३६ वर्षीय रामकुमार स्याङबोलाई पक्राउ गरेको हो ।
मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना १ ह ५०३३ नं. को अटोलाई मनहरीको भलादमी चोकमा प्रहरीले चेकजाँच गर्नेक्रममा अटोमा १० केजी २ सय ५० ग्राम गाँजा रहेको फेला परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij