
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । वीरगञ्ज बाइपास रोडस्थित सडकबाट करिब ८५ किलोग्राम गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा सिन्धुपाल्चोक बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिना समेत ३ जना रहेका छन ।
प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगञ्जबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij