
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको छ ।
यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ ।
आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij