Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

अवैध लागुऔषधसहित दुई जना पक्राउ

अवैध लागुऔषधसहित दुई जना पक्राउ

  • काठमाडौं । प्रहरीले कञ्चनपुर र सुनसरीबाट अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर बनगाउँ बस्ने ७७ वर्षीय पिउठ बोहरालाई अवैध लागुऔषध चरेश २ किलोग्रामसहित प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images
    लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।

    यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट अवैध लागुऔषध गाँजा ७५० ग्रामसहित सोही ठाउँ बस्ने ४१ वर्षीय उदिम राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  ।

    इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij