Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

  • काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

    images
    images
    images

    झडपमा केही प्रदर्शनकारीका साथै प्रहरी पनि घाइते भएका छन् । दुई घाइतेलाई ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।

    अवस्था सामान्य भएपछि प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ लागेका छन् ।

    प्रदर्शनकारीले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार ! गुहार !’, ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर’ लगायत नारा लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij