Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारनाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नविना दाहाल रहेकी छन् । 

    images
    images
    images

    उनले आकर्षक तलबमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीको भनाइ छ । 

    नविनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्हरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij