
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । भक्तपुरमा ट्याक्टर दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनापछि ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij