काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिलाको शव फेला परेको हो । नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको र घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।