पूर्वाधार विकास कार्यालय ललितपुरद्धारा जनहितमा जारी सूचना
- आफ्नो घर आँगन, सडक पेटी सधैं सफा र हराभरा राखौं ।
- सडक किनारामा जथाभावी सवारी पार्किङ नगरौं ।
- सडक, सडक पेटी, सडक किनारामा निर्माण सामाग्री नराखौं ।
- हिडडुल गर्ने मानिसलाई असर पार्ने गरी जथाभावी फुटपाथ व्यापार व्यवसाय नगरौं ।
- सार्वजनिक जग्गा अतिक्रमण गरी घर÷टहरा नबनाऔं ।
- रुख, बिरुवा तथा सडक संरक्षणमा सहयोग गरौं ।
- सधैं सवारी साधान चालक महानुभावहरुले सिट बेल्ट प्रयोग गरौं र लेन अनुशासन कायम गरौं ।
- हिडडुल गर्ने मानिस, जेब्राक्रसिङ, एम्बुलेन्स र बारुण यन्त्रलाई मध्यनजर राखी सडक लेन अनुसार सवारी साधन चलाऔं ।
- काठमाडौं उपत्यका हर्न निषेधित क्षेत्र भएकाले हर्न बजाएर ध्वनी प्रदुषण नगरौं ।
- सडकमा सवारी साधन धुने, सडक नाली पुर्ने, सडकको नालीमा ढल मिसाउने जस्ता कार्य नगरौं ।
- सडकको पानीलाई निकास दिऔं ।

पूर्वाधार विकास कार्यालय
मानभवन, ललितपुर