
May 14 2025 | २०८२, वैशाख ३१ गते
ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघको पहलमा काभ्रे जिल्ला नमोबुद्व नगरपालिका वडा नं ११ का बाढी तथा पहिरो पीडितहरुलाई सहयोग गरेको छ । ललितपुर महानगरपालिका वडा नं ६, १२, १६ र १९ को सहयोगमा संघले अग्रसरता देखाएको थियो ।
पीडितहरुलाई लट्टा कपडा, खाद्यान, कम्बललगायत आवश्यक राहतका साम्रागी वितरण गरिएको हो । राहत साम्रागी नमोबुद्व नगरपालिका वडा नं १९ का वडा अध्यक्ष कृष्ण तामाङ र वडासचिवको रोहबरमा बितरण गरिएको थियो । सबैको सहयोगी साथ र मनकारी मनले यस्तो सामाजिक कार्य सम्भव भएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले अनलाइन पत्रिकालाई बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij