
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको घुइँचो हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।
बडादशैँको पहिलो दिन ६३ जना पाथीभरा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार १४८ दर्शनार्थीले पूजार्चना गरेका थिए ।
बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् ।
देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैँ र चैतेदशैँमा धेरै भक्तजन आउने गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij