Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

ट्रकको ठक्करबाट वृद्धको मृत्यु, विराटनगर तनावग्रस्त

ट्रकको ठक्करबाट वृद्धको मृत्यु, विराटनगर तनावग्रस्त

  • काठमाडौं । ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि विराटनगर तनानग्रस्त बनेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आईसीपी रोडमा आन्दोलन गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । भिडलाई नियन्त्रण गर्न १० राउन्ड अश्रुग्यास समेत प्रहार गरिएको मोरङ प्रहरीका डीएसपी बेद जोशीले जानकारी दिए ।

    बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर महानगरपालिका-१८ का ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याए लगत्तै साहको मृत्यु भएको थियो ।

    प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरिसकेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij