
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ना २२ प ९९९४ नम्बरको मोटर साइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका- ३१ बस्ने वर्ष १८ को साविर अंसारी र पछाडि सवार वडा नम्बर २१ बस्ने वर्ष ५८ को वीरेन्द्र साह रहेका छन् ।
विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगञ्ज र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका- ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दश ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सापकोटाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij